बाँके कारागारका तत्कालीन प्रमुखले मानवअधिकार उल्लंघन गरेको आयोगको ठहर

नेपालगन्ज । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको मानव अधिकार उल्लंघन गर्नेहरूको नामावली जिल्ला कारागार बाँकेका तत्कालीन प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठको नाम पनि उल्लेख गरिएको छ । आज एक प्रेस नोट जारी गर्दै उनीसहित ६० जनाले मानव अधिकार उल्लंघन गरेको मानव अधिकार आयोगले जनाएको छ ।

२०७९/८० र चालु आर्थिक वर्षमा गरिएको कामकारबाहीको संक्षिप्त जानकारी गराउँदै मानव अधिकार उल्लंघन गर्नेहरूको नाम सार्वजनिक गरेको हो । मानव अधिकार उल्लंघनगर्ने ६६ जनामध्ये ६ जनाको हकमा कारबाहीको जानकारी प्राप्त भएकाले नाम नराखिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।

आयोगले नाम सार्वजनिक गर्दै कारबाही गर्न माग गरेको छ । प्रहरीतर्फ प्रहरी उपरीक्षक (एसपी)हरू योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी, प्रहरी नायब उपरीक्षक (डिएसपी)हरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम सार्वजनिक भएको छ । त्यस्तै, प्रहरी निरीक्षकहरू गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी, कमलप्रसाद गिरी, प्रहरी सहायक निरीक्षकहरू नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र बासुदेव चौधरी छन् ।

प्रहरी नायब निरीक्षकहरू रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह, चक्र बस्नेत र प्रहरी हवाल्दार भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्कीको नाम पनि मानव अधिकार उल्लंघनको सूचीमा छ । प्रहरी जवानमा विनोद ठाकुर, टार्जन गुरूङ र निलम संग्रौलालाई आयोगले मानव अधिकार उल्लंघनगरेको भन्दै नाम सार्वजनिक गरेको छ ।

सशस्त्र प्रहरी बलतर्फ एसपी प्रकाश ओझा छन् । नेपाली सेनामा सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चव्रबहादुर कार्की, क्याप्टेन दिनेश थापाको नाम सार्वजनिक भएको हो । राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल छन् । निजामति कर्मचारीतर्फ प्रजिअहरू माधवप्रसाद ओझा, शालिग्राम शर्मा पौडेल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य, शिवप्रसाद नेपाल र सहायक प्रजिअ पुरूषोत्तम अधिकारी छन् ।

आयोगले कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल, बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेलको नाम पनि सार्वजनिक गरेको छ ।

मानव अधिकार उल्लंघन गर्नेमा तत्कालीन सरकारमा रहेका नेकपा (माओवादी) नेतामा खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, राम विलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहनाको नाम सार्वजनिक गरेको छ ।

Exit mobile version