अवैध कटन क्याण्डी उत्पादन गर्ने तीनजना नियन्त्रणमा

नेपालगन्ज । नेपालगन्ज-१२ बेलासपुरमा अवस्थित अवैधरुपमा कटन क्याण्डी उत्पादन गर्ने तीनजना बिक्रेतालाई नियन्त्रणमा लिइएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञापत्र नलिइ अखाद्य कटन क्याण्डी उत्पादन गरी बिक्रीवितरण गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

साथै रङ मिसाइएको चिनी र चास्नीसँगै एक सय १८ पोका कटन क्याण्डी नस्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले नेपालगन्ज बजार क्षेत्रका कटन क्याण्डी बिक्रेता र उत्पादनस्थलको अनुगमन गरेको थियो । उनीहरुलाई खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञापत्र नलिएसम्म उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

Exit mobile version