कैलाश पर्वत र मानसरोवर दर्शनका लागि पर्वतीय उडान नियमितको प्रयास

नेपालगन्ज । सोमबार नेपालगन्जबाट कैलाश पर्वत र मानसरोवरको दृश्यावलोकन गर्न पाइने गरी पर्वतीय उडानको सफल परीक्षण भएपछि यसलाई नियमित उडानको प्रयास भएको छ । श्री एयरको कैलाश दर्शनका लागि आधिकारिक ट्राभल कम्पनी पथिल होलिडेज काठमाडौँले यसका लागि बुकिङ खुला गरेको छ । जसले नियमित उडानको ढोका खोलेको छ ।

उक्त बुकिङ खुलाले नेपालगन्जबाट हुने पर्वतीय उडान नियमित गर्न सघाउ पुर्याउने पर्यटन व्यवसायी बताउँछन् । यो उडान नेपालकै पहिलो एतिहासिक भएको श्री एयरले जनाएको छ । सोमबार गरिएको पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको थियो । उक्त उडानमा क्याप्टेन प्रफुल्ल बैद्य र राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालकदलका पाँचजना सदस्यसहित उडान भरिएको थियो ।

पर्वतीय हिमश्रृंखलाको मनोरम दृश्य अवलोकनसँगै कैलाश पर्वत र मानसरोवर दर्शनका लागि यो रुट महत्वपूर्ण हुने नाटा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जनाए । यो उडान व्यावसायिक भए पश्चिम नेपालको धार्मिक पर्यटनमा ठूलो उपलब्धि हुने उनको भनाइ छ ।

Exit mobile version