तीन वर्षपछि ६३ वर्षीय शाह प्रहरीको नियन्त्रणमा

नेपालगन्ज । लेनदेन मुद्धामा फरार भएका  एकजना वृद्ध तीन वर्षपछि पक्राउ परेका छन्  । नेपालगन्ज उपमहानगरपालिका-९ का ६३ वर्षीय मिनबहादुर शाह आज पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाँट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । लेनदेन बिगो मुद्धामा जिल्ला अदालत बाँकेले २०७७ पुस २३ गते उनलाई दोषी ठहर गर्दै ६ महिना कैदको फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।

Exit mobile version