नरैनापुरमा राष्ट्रपति रनिङ शिल्ड

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ(गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकामकेन्द्रित हुँदै आएको रनिङ सिल्ड गाँउपालिका अध्यक्ष कप संगै राष्ट्रपति रनिङ सिल्ड सुरु पछि जिल्लाकै सबै भन्दा विकट मानिएको नरैनापुरका युवाहरुमा उत्साह देखिएको छ ।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डको छनोट चरणका प्रतिस्पर्धा बाँकेका केही पालिकामा सम्पन्न भएको छ भने नरैनापुरमा एक कार्यक्रमका बिच बुधबार उदघाटन गरिएको छ ।

नरैनापुर गाँउपालिकाका उपाध्यक्ष जयन्तीदेबी श्रीवास्तवको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उदघाटन प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले गर्नु भयो । नरैनापुर गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता नरैनापुर ५ मा रहेको रंगशालामा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन् ।

प्रतियोगिताको बुधबार उदघाटन गर्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खरालले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी विद्यालय तहबाटै उत्पादन हुने भएकाले पालिकाले खेलकुदलाई प्राथमिकता दिएको जिकिर गरे ।

उपाध्यक्ष श्रीवस्तवले ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपालिकामा खेलको आयोजना गरिएको बताउनु भयो । उहाँले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवका रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन नरैनापुर गाँउपालिकाको उल्लेखीय भूमिका खेलेको बताउनु भएको थियो ।

कार्यक्रममा वडा नं. १ अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह, ३ का अधयक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ६ का अध्यक्ष प्रेम मौर्य, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी र जिन्सी शाखा प्रमुख भरत महतोको सहभागिता रहेको शिक्षक सज्जक खानले जानकारी दिनु भयो ।

कार्यक्रममा विद्यार्थीहरुले गाँउपालिका उपाध्यक्ष श्रीवस्तवलाई मार्च पास गर्दै सलामी अर्पण गरेका थिए । भने खेलको प्रमुख प्रशिक्षक नेपाल एथ्लेटिक्स संघका निर्वातमान प्रमुख प्रशिक्षक चन्द्र गुरुङ र जनक केसी रहनु भएको नरैनापुर गाँउपालिकाले जनाएको छ । तिन दिन सम्म चल्ने खेलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, विद्यालयका प्रधानाध्यकहरु, बिद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा नरैनापुरका १० वटा विद्यालयहरूको सहभागिता रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।

Exit mobile version