आज पनि हल्का वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेको जनाएको छ । महाशाखाले आज देशका केही भू-भागमा हल्का वर्षाको सम्भावना रहेको पनि जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जनाएको छ । आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ । महाशाखाको भनाइमा दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकै भनाइमा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Exit mobile version