‘टूर दि ठाकुरद्वारा’मा जोडियो ‘बिवाइडी’

टूर दि ठाकुरद्वारा’को नयाँ संस्करणमा बिश्वकै अग्रणी इभी बिवाइडी जोडिएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अनुसार, माघ २५–२७ मा आयोजना गर्न लागिएको टूर दि ठाकुरद्वारामा टाइटल स्पोन्सरका रुपमा बिवाइडी जोडिएको हो ।

नेपालगन्ज साइकल उत्सवको अन्तिम तयारीमा पुगेको जानकारी दिंदै क्लबका अध्यक्ष प्रदीप सापकोटाले नेपालगन्ज साइकल फेस्टिभल अन्तर्गतको टूर दि ठाकुरद्वारालाई टाइटल स्पोन्सर गर्ने सम्झौता क्लब र इभी गाडी बिक्रेताबीच भएको बताए ।

क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरि ३ सय साइकल यात्रीहरु यो इभेन्टमा सहभागी हुने जनाएको छ ।

Exit mobile version