शुरु भयो, ‘पब्लिक स्पीच’

दोस्रो संस्करणको ‘अडिसन राउण्ड’बाट २१ जना सेमिफाइनल प्रबेश

‘पब्लिक स्पीच बाँके’ को दोस्रो संस्करण शुरु भएको छ । विहीवार अडिसनबाट ‘पब्लिक स्पीच बाँके’ को दोस्रो संस्करण शुरु गरिएको हो ।

केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा बास नेपालले आयोजना गरेको ‘पब्लिक स्पीच बाँके’ अडिसनबाट २१ जना सहभागीले सेमिफाइनल प्रवेश गरेको सूचना अधिकृत हेमराज भट्टले जानकारी दिए ।

जिल्ला भरीका ४३ जना सहभागी रहेको अडिसनबाट गरिमा खनाल, सुष्मा रावत, करुणा खनाल, कृति फुयाल, क्रिस कार्की, बर्षिका भण्डारी, सन्ध्या गैरे, अन्जली वर्मा, प्रतिज्ञा वाग्ले, मिरगासी रावत, आकृति के.सी, युवराज बोगटी, महेन्द्र ढुङ्गाना, नवराज भट्टराई, सन्तोष विष्ट, आदित्या यादब, कोसिका खड्का, एन्जलिना बुढा, संगम अधिकारी, शिवानी वर्मा र नैना घिमिरे सेमिफाइनल प्रबेश गरेका हुन् ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले युवा बिद्यार्थीहरुको वाक क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिंदै आएको बताए । प्रतियोगिताको अडिसनको निर्णयकको भुमिका सन्तोष खड्का, कृष्ण अधिकारी र चरित्रा शाहले गरे । प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए ।

बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बास नेपालका अधिकृत रबिन्द्र बोहराले गरेका थिए । प्रतियोगिताको सेमिफाइनल माघ २५ गते हुने सूचना अधिकृत भट्टले बताए ।

Exit mobile version