राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै गएको छ । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म युरोलोजी सेवा लिनेको संख्या झण्डै एक हजार ७ सय पुगेको छ । ओपीडीबाट एक हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको प्रतिष्ठानका कायममुकाय निर्देशक डा. रमेश कंडेलले जानकारी दिए ।

युरोलोजि सेवा जिल्लामा नहुँदा बिरामीहरु जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । तर प्रतिष्ठानमा सेवा विस्तार भएपछि अहिले बिरामीको समस्या समाधान र सहज भएको छ । युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिनेलगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने युरोलोजीष्ट डा.प्रबोध रेग्मीले बताए ।

प्रतिष्ठानका सूचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठूला गरेर झण्डै २ सय जना बिरामीको सफल शल्यक्रिया भएको छ ।

Exit mobile version