जेब्रा क्रसिङका लागि १२ लाख

सवारी दुर्घटना न्यूनीकरणका लागि बाँकेको नेपालगन्ज राँझादेखि कोहलपुरसम्मका २५ स्थानमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य सुरु भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जको १२ लाख रुपैयाँमा उक्त जेब्रा क्रसिङ र सेन्टर लाइन निर्माणको काम सुरु भएको हो ।

व्यस्त राँझा-कोहलपुर सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटनाको जोखिम बढेको थियो । यसले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्न जिल्ला ट्राफिक प्रहरी प्रमुख गोपीकृष्ण सुवेदीले जनाए । पछिल्लो समय बाँकेमा जेब्रा क्रसिङको प्रयोग बढाउन थालिएको छ ।

Exit mobile version