बालापुरमा कांग्रेसकाे स्वास्थ्य सिविर

समुदायमा कांग्रेस अभियानअन्तर्गत नरैनापुर गाउँपालिका वडा नम्बर ३ बालापुरमा आज स्वास्थ्य सिविर सम्पन्न भएकाे छ ।
नेपालगन्ज मेडिकल कलेजले सिविरमा प्राविधिक सहयाेग गरेकाे नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पाेषण केसीले बताए । कांग्रेसकाे याे अभियानले कार्यकर्तामा उत्साह छाएकाे उनकाे भनाइ छ । साथै उक्त अभियानअन्तर्गत हिजाे राप्तीसोनारी वडा नम्बर ७ मा अन्तरक्रिया गरिएकाे थियाे ।

Exit mobile version