जि.सी.को ‘मृत्यु फूल’ विमोचित

अग्रज श्रष्टा गणेश जि. सी.को कृति ‘मृत्यु फूल’ भेरी साहित्य समाज केन्द्रीय समितिको आख्यान विभागले प्रकाशन गरेको छ शनिवार नेपालगन्जमा आयोजित कार्यक्रममा जि.सी.को सातौं कृतिका रुपमा कथा संग्रह ‘मृत्यु फूल’ को विमोचन गरिएको हो ।

लेखन कार्यमा ७५ वर्षको उमेरमा पनि निरन्तर सक्रिय साहित्यकार जि.सी.को मृत्यु फूल कथा संग्रह विमोचनमा वरिष्ठ कथाकार सनत रेग्मी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, वरिष्ठ पत्रकार नरेन्द्र जङ्ग पिटर, प्राज्ञ सभा सदस्य महानन्द ढकाल लगायतले कृति चर्चा गरे ।

Exit mobile version