घट्यो सुनको भाउ

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । अस्ति शुक्रबार तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख १८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Exit mobile version