महासंघ लुम्बिनीमा सुवेदी उपाध्यक्ष निर्वाचित

नेपाल पुस्तक तथा स्टेसनरी व्यबसायी महासंघ लुम्बिनी प्रदेशको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनबाट बाँकेका पुस्तक व्यवसायी शालिक सुवेदी प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् ।

समितिमा बाँकेकै सतिश निरौला लेखा समिति संयोजक तथा सदस्यमा ज्ञानेन्द्र श्रेष्ठ र श्रीमण पौडेल चयन भएको महासंघका बाँके सचिव मोहन चन्दले जानकारी दिए ।


दाङ्गमा भएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, लुम्बिनी प्रदेशको पाँचौ साधारणसभा तथा तेस्रो प्रदेश अधिबेशनबाट प्रदेश अध्यक्षमा हेमानन्द शर्मा, उपाध्यक्ष द्वय शालिकराम सुवेदी र केशव श्रीस, सचिवमा दिपक भूषाल, कोषाध्यक्ष नेत्र प्रसाद भूषाल, सह–सचिवमा सरोज पौडेल लगायत कार्यसमिति निर्वाचित गरेको थियो ।

Exit mobile version