आज सुन चाँदीकै भाउ घट्यो

आज सुनको भाउ चार सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको १ लाख १८ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । आज चाँदी तोलाको १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

Exit mobile version