संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त गरेका छन् । पाण्डेयले मंगलबार नै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले उनलाई महासचिवमा नियुक्ति गरेका हुन् ।

गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए । तर, तत्कालनि महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले प्रतिनिधि सभाको सचिव पदबाट राजिनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् ।

यसबीचमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । माघ ३ गते गएको स्मरण पत्र र प्रतिनिधि सभाको सचिवबाट पाण्डेयले राजीनामा समेतलाई आधार मानेर सिफारिस अनुसार नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Exit mobile version