नागरिक उन्मुक्ति स्थापना दिवस मनाउँदै

नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने तयारी गरेको छ । पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरुको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरी मनाउने निर्णय गरेको हो ।
पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र वडाका प्रमुख चौकहरूमा पार्टीको नाम बीचमा उल्लेख गरी दीप प्रज्जवलन गर्ने निर्णय गरिएको छ । महासचिव थारुले स्थापना दिवसका दिन दीप प्रज्जवलन पछि भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता जिन्दावाद, समुदायमा आधारित समाजवाद जिन्दावाद र नागरिक उन्मुक्ति पार्टी जिन्दावाद्को नारा लगाउनुका साथै पार्टीको गीत बजाएर खुशियाली साट्टासाट्ट गर्ने निर्णय गरेको बताएका छन् ।
स्थापना दिवसका अवसरमा पार्टीको हरेक तहका कार्यसमितिले आ–आफ्नो पार्टी कार्यालयमा जलपान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरिएको महासचिव थारुले जानकारी दिए ।

Exit mobile version