खाना अड्किएर एकजनाको मृत्यु

चितवनमा  खाना अड्किएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।

सोमबार साँझ सवा सात बजे कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Exit mobile version