वडाध्यक्षविरुद्ध प्रहरीमा जाहेरी

खजुरा-५ का वडाध्यक्ष गरिबे शेषविरुद्ध ईलाका प्रहरी कार्यालय धनाैलीमा उजुरी परेकाे छ । खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीले उनीविरुद्ध उजुरी दिएका हुन ।

खजुरा-६ मा रहेकाे भानु माध्यमिक विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै वडाध्यक्ष शेषले हातपात गरेका थिए ।
खजुराका कर्मचारीले विराेध स्वरुप कामकाज पनि ठप्प पारेका छन् ।

Exit mobile version