मेयर कपको उपाधि सेन्ट जेभियर्सलाई

नेपालगन्ज मेयर कप अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फको उपाधि नेपालगन्ज सेन्ट जेभियर्स र छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीले उपाधि हात पारेका छन् । २८ वटा विद्यालयले भाग लिएको छात्र फुटबलमा सेन्ट जेभियर्सले नेपालगन्ज मोडेल एकेडेमीलाई २-० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

सेन्ट जेभियर्सलाई जिताउन दुवै गोल सुमित थापाले गरेका थिए । उनले ६० र ६७ मिनेटमा गोल गरेका थिए । म्यान अफ द म्याच पनि सुमित नै भए । उनलाई नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईले पुरस्कृत गरे उपाधि जितेको सेन्ट जेभियर्सले २१ हजार, ट्रफी र मेडल पायो । दोस्रो भएको मोडेलले ११ हजार, ट्रफी र मेडल पायो । प्रतियोगितामा सेन्ट जेभियर्सका सुमित थापा उत्कृष्ट खेलाडी चुनिए । उनले दुई हजार पांच सय रुपैया पाए । छात्रातर्फ मोडेलले खजुराको मनकमना माविलाई २-० गोलले पराजित गर्दै उपाधि जित्यो ।

मोडेलका तिलसरा बुढाले २० मिनेट र चमेली चौधरीले ५० मिनेटमा गोल गरेका थिए । मोडेलका तिलसरा बुढा ओमन अफ द म्याच भइन् । उनलाई व्यवसायी बबि विष्टले पुरस्कृत गरे । उपाधि जितेको मोडेलले २१ हजार र दोस्रो भएको मनकामनाले ११ हजार, ट्रफी र मेडल पाए । छात्रातर्फ मनकामनाका लक्ष्मी विक उत्कृष्ट खेलाडी भइन् । उनले दुई हजार पांच सय पुरस्कार पाइन् । प्रतियोगिताका विजेता, उपविजेता, उत्कृष्ट खेलाडीलाई नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रवक्ता प्रमोद रिजाल, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, एन्फाका केन्द्रीय सदस्य भोजराज शाही, धम्बोझी क्लवका अध्यक्ष तारामान कुंवरलगायतले पुरस्कार वितरण गरेका थिए ।

Exit mobile version