कीर्तिपुरमा आजदेखि क्यानडाविरुद्ध सिरिज खेल्दै नेपाल

घरेलु मैदान काठमाडौँको कीर्तिपुरमा नेपालले आज (बिहीबार) देखि क्यानडासँग तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल बिहान सवा ९ बजे सुरु हुनेछ ।

खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा टोली बुधबारै घोषणा भइसकेको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन् । क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन् ।

सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते (आज), २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह ।

Exit mobile version