खजुरा गाउँपालिकाको कामकाज प्रभावित

आज खजुरा गाउँपालिकाको कामकाज प्रभावित भएको छ । ५ नम्बरका वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई हातपात गरेपछि हिजोदेखि यहाँका कर्मचारीले कामकाज प्रभावित परेका हुन् ।

हिजो एक विज्ञप्ति प्रकाशित गर्दै कर्मचारीलाई सुरक्षित वातावरणको प्रत्याभूति नहुँदासम्म कार्यस्थलमा नफर्किने उनीले जनाएका थिए ।  वडा नम्बर ६ मा रहेको भानु मावि उढरापुरका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका शेषले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै हातपात गरेका थिए ।

Exit mobile version