आन्दोलनरत कर्मचारी र सिडियोबीच छलफल, के भयो सहमति ?

आन्दोलनरत खजुरा गाउँपालिकाका कर्मचारीहरु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलबीचको छलफल सकिएको छ । उक्त छलफलमा कर्मचारीको शान्ति सुरक्षाको प्रत्याभूति गराउने आफ्नो दायित्व भएकाले आन्दोलनरत कर्मचारीहरुलाई कार्यकक्षमा फर्किन प्रमुख जिल्ला अधिकारी पोखरेलले अनुरोध गरेका थिए ।

यस विषयमा खजुराका जनप्रतिनिधि, हातपात गर्ने वडाध्यक्ष गरिबे शेष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गर्ने र उक्त छलफलले केही निष्कर्ष दिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताएका बैठकमा सहभागी एक प्राविधिकले जानकारी दिए । ‘सिडियोले यस घटनालाई गम्भीरताका साथ लिनु भएको छ,’ उनले भने, ‘निष्कर्ष निस्कन्छ भन्ने हामीलाई आशा छ ।’ कर्मचारीको शान्ति सुरक्षा र भयरहीत वातावरणमा काम गर्ने अवस्थाको माग गर्दै आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीसँग भेटघाट गरेका थिए । ५ नम्बरका वडाध्यक्ष गरिबे शेषले खजुराका प्राविधिक लिलाराज धामीलाई हातपात गरेका थिए । त्यसपछि गाउँपालिकाको कामकाजसमेत प्रभावित भएको छ ।

Exit mobile version