लिलाम हुने भए प्रहरीमा थन्किएका सवारीसाधन

बर्षौदेखि जिल्ला प्रहरी कार्यालय हाताभित्र थन्किएर रहेका सवारी साधन लिलाम गरिने भएको छ ।
विभिन्न समयमा प्रहरीको नियन्त्रणमा परेका सवारी साधन दाबी गर्न कोही नआएपछि प्रहरीले लिलामको तयारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीले १ सय ४० वटा मोटरसाइकल तथा स्कुटर लिलामीका लागि सूचना जारी गरेको हो ।

प्रहरीले सवारीसाधनमा स्वामित्व दाबी गर्न १५ दिनको समय दिएको छ ।

Exit mobile version