शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा शर्मा

बाँकेका शारीरिक सुगठन तथा फिटनेसकर्मीहरु संगठित भएका छन् । नेपालगन्जमा प्रथम साधारण सभा तथा अधिवेशन गरी उनीहरुले शारीरिक सुगठन तथा फिटनेस संघको जिल्ला शाखासमेत गठन गरेका छन् ।

अरुणकुमार शर्मा शर्माको अध्यक्षतामा उनीहरुले जिल्ला शाखा गठन गरेका हुन् । नव गठित बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको उपाध्यक्षमा पिंकी वेहना, सचिवमा करुणा शाह, महेन्द्र सिंह कोषाध्यक्षमा र सदस्यमा अमितकुमार गुप्ता, प्रकाश नेपाली, रिंकु कमल, दिनेश थापा र विजय महत निर्विरोध निर्वाचित भएका छन् ।

Exit mobile version