नेपाल प्रहरीमा खुल्यो झण्डै दुई हजारजनालाई जागिर

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा भर्ति खुलाएको हो ।

कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो । प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको छ । खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ ।

आगामी चैत ९ गतेसम्म आवेदन दिनु सकिने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

Exit mobile version