सहर जोड्ने अभियान

सतिश निरौला

संयोजक

टूर डे ठाकुरद्वारा –२०८०

हामीले २०७५ सालबाट सुरु गरेको टूर डे ठाकुरद्वारालाई सन् २०२२ बाट साइकल उत्सवका रुपमा अगाडि बढायौं । नेपालगन्ज साइकल उत्सव अन्तर्गत हामीले महत्वपूर्ण दुई वटा इभेन्टलाई अगाडि बढायौं । त्यो मध्येको एउटा इभेन्ट बिहीबार आयोजना भयो, नेपालगन्ज किड्स रेस प्रतियोगिता ।

अर्को महत्वपूर्ण इभेन्ट भनेको टूर डे ठाकुरद्वारा नै हो । जुन नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएर बर्दियाको ठाकुरबाबा जुन चाहीँ १ सय ४ किलोमिटर छ, यात्रा पुरा गरेर यो कार्यक्रम सम्पन्न गर्नेछौं ।

टूर डे ठाकुरद्वारामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न सहरबाट गरी २ सय बढी साइकल यात्रीको सहभागिता हुनेछ । त्यसका लागि थुप्रै सहभागी नेपालगन्ज आइसकेका छौं । टूर डे ठाकुरद्वाराबाट मेची देखि महाकालीलाई जोड्ने प्रयास पनि हामीले गरेका छौं । पूर्वको धरानदेखि पश्चिमको धनगढीसम्मका सहभागीहरु नेपालगन्ज उत्रँदै हुनुहुन्छ । र, भारतको विभिन्न सहरबाट आउँदै हुनुहुन्छ । यसरी चेनको माध्यमबाट पर्यापर्यटनको विकास गर्ने एउटा यो हाम्रो प्रयत्न हो ।

साइकल पर्यटनका लागि महत्वपूर्ण छ । साइकल पर्यटनको महत्व निकै छ बुझाउनका लागि साइकलकै कारण नेपालगन्ज देश र भारतीय सहरका मानिसलाई हामीले भिजिट गराउन गरेको यो आयोजनाले महत्वपूर्ण टेवा पुर्याएको छ ।

खासगरी नेपालगन्ज घुम्नकै लागि आउनेहरुको संख्या नगन्य हुन्छ । तर, यो हाम्रो साइकल उत्सवमा प्रत्येक बर्ष बढ्दो सहभागिताले सयौं मानिसहरुले नेपालगन्ज सहर भ्रमण गर्नुभएको छ । सँगसँगै बाँके र बर्दियाको पर्यटकीय गन्तव्य छिचोल्दै जुन १ सय ४ किलोमिटरको यात्रा हुन्छ, यसले पक्कै बाँके र बर्दियाको पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नमा टेवा पुर्याउँछ ।

यो कार्यक्रममा नितान्त पर्यटक प्रवद्र्धन, स्वास्थ्यका लागि साइकल, खेलकुदका लागि साइकल भन्ने विषयलाई प्रवद्र्धन गर्नका लागि आयोजना गरेका छौं ।

साइकल अभियानको निरन्तरताको खबरदारीको प्रतिफल मान्नुपर्छ, अहिले बन्दै गरेको नेपालगन्ज गुलरियाको १८ किलोमिटर सडकखण्डको दुवै तर्फ डेडिकेटेड साइकल लेनको व्यवस्था भएको छ । अहिले साइकलको महत्व बढेको छ । साइकलका लागि लेन बनेको छ ।

साइकल सम्बन्धी इभेन्ट विश्वभर हुने गरेको छ । यो सहरसँग जोड्ने अभियान पनि हो । यसले भारतीय थुप्रै सहरलाई नेपालगन्जसँग जनस्तरबाट सम्बन्ध स्थापित गरेको छ ।

Exit mobile version