डुडुवाको गाउँसभाले योजना संशोधन गर्यो

डुडुवा गाउँपालिकाको १५औँ गाउँसभा बिहीबार आयोजना गरिएको छ । यसअघि आवश्यक संख्या नपुग्दा गाउँसभा स्थगित भएको थियो ।


गाउँसभाले चालु आर्थिक वर्ष २०८०/०८१ को केही कार्यक्रम तथा योजनालाई संशोधन गरेको छ । सभामा गाउ“पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले संशोधित कार्यक्रम तथा योजनासहितको प्रस्ताव पेश गरेका थिए ।
सभामा अध्यक्ष चौधरीले आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि पुस मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।


अध्यक्ष चौधरीले गाउँपालिकाबाट संचालित घर–घर स्वास्थ्य कार्यक्रम बाट वडा नं. १ देखि ६ सम्मका सम्पूर्ण नागरिकहरुलाई घर–घरमा सामान्य स्वास्थ्य परिक्षण र स्वास्थ्य कार्ड स्थलगत रुपमा करिब ४२ हजार ४६ जनालाई स्वास्थ्य सेवा कार्ड प्रदान गरिएको जानकारी सभालाई गराएका थिए । उनले बेतहनीको स्वास्थ्य प्रयोगशाला बाट १६२१ जना, हिरमिनियाको स्वास्थ्य प्रयोगशाला बाट २३७८ जना, कम्दी स्वास्थ्य प्रयोगशाला बाट ७२६ जना गरि करिब ४७२५ जनालाई स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको बताए ।


सभामा बोल्दै अध्यक्ष चौधरीले पालिकाले विशेष रणनीति र कार्ययोजनाका साथ अघि बढिरहेको भन्दै स्वास्थ्य, शिक्षा, कृषि, पशुलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको बताएका थिए । पालिकाले एउटा लक्ष्य र उद्देश्यअनुरुप नै कार्य गरिरहेको क्रममा विपक्षी दलहरुले बेलाबेलामा अवरोध श्रृजना गरेको भन्दै अध्यक्ष चौधरीले भने, ‘राम्रो काम गर्नेलाई कसैले पनि रोक्न सक्दैन, जनताको हितमा नै काम गरिरहेको छु, म कानून विपरित कुनै पनि काम गरेको छैन ।’


साथीहरुले विभिन्न आरोप प्रत्यारोप लगाइरहेका छन, यदि मैले कुनै गलत कार्य गरेको छु भने प्रमणित गरुन न भन्ने मेरो प्रश्न छ ।’ उहाको भनाई थियो । कुनै पनि विवाद समाधानको उपाय भनेको संवाद हो, त्यसैले उहाँहरुलाई संवादमार्फत समस्या समाधानका लागि पटक पटक आवहान गर्दछु,’ उनले भने ।


सभामा १९ जना सदस्यहरुको सहभागिता रहेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बहुमतको आधारमा बैठकको कोरम पुगेर सभा बसेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदस्य सचिव गिरबहादुर सेजुवालले बताए । सभामा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, वडाअध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी सगिर खाँलगायत सदस्यहरुको सहभागिता रहेको थियो । माघ ४ गते डाकिएको गाउँसभामा कोरम नपुगेर स्थागित भएको थियो ।

Exit mobile version