कर्मचारीहरुको धर्नापछि आज पनि खजुराको कामकाज प्रभावित

खजुरा गाउँपालिकाका कर्मचारीहरुले आज पालिकाको कार्यालयमा धर्ना दिएका छन् । भानु माध्यमिक विद्यालयमा माटो पटानको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक लिलाराज धामीलाई ५ नम्बरका वडाध्यक्ष गरिबे शेषले कुटपिट गरेपछि उनीहरुले आज गाउँपालिकाको कार्यालयमा धर्ना दिएका हुन् ।

कर्मचारीमाथि हातपात गर्ने जनप्रतिनिधिलाई कारबाही नहुँदा र कर्मचारलाई सुरक्षित वातावरणका काम गर्ने स्थिति सिर्जना नहुँदासम्म काममा नफर्किने आन्दोलनमा उत्रिएका कर्मचारीहरुको भनाइ छ । यस विषयमा जिल्लामा क्रियाशिल कर्मचारी संघसंगठनहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । राष्ट्रसेवक कर्मचारीको सुरक्षा र संरक्षणको प्रत्याभूति गराउनुको साटो जनप्रतिनिधिबाटै असुरक्षित हुनुले कर्मचारीको आत्मासम्मानमा चोट पुग्नुका साथै मनोबल घट्ने र भय एवम् आतंकको वातावरण सिर्जना भएको कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीहरु धर्नामा बसेपछि खजुरा गाउँपालिकाको कामकाज प्रभावित भएको छ ।

Exit mobile version