जबर्जस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ

सिरहाको गोलबजारबाट प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार आरोपीलाई पक्राउ गरेको छ । करिब दुई महिनाअगाडिको जबर्जस्ती करणी घटनाका फरार आरोपी गोलबजार नगरपालिका ४ का करिब २१ वर्षीय रोहित दासलाई पक्राउ गरिएको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार दासलाई प्रहरीले खोजतलासको क्रममा गोलबजार नगरपालिका ४ स्थित शिव मन्दिर नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरी बिहीबार सिरहा जिल्ला अदालत पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद लिइएको छ । सिरहा परिवर्तित नाम २०८०/०८१ गोलबजार (‘‘छ१) को जाहेरीको आधारमा प्रतिवादी दास पक्राउ परेका हुन् । गत २८ मंसिरको साँझ करिब ६ बजेतिर जबरजस्ती करणी गरी फरार रहेका उनलाई पक्राउ गरी गोलबजार प्रहरीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version