छोटकरीमा नेपालगन्जका आठ खबर

  • बहराइच–नेपालगन्ज मिटरगेज रेल सेवा बन्द भएको छ । भारतीय सरकारले पूर्वोत्तर रेल्वेलाई पूर्णतया विस्थापित गरेर बढी रेल लाइन सुविधा विकास गर्न लागेकाले उक्त रेल सेवा शनिबारदेखि बन्द भएको हो ।
  • नेपालगन्ज उपमहागरपालिका वडा नम्बर १८ को तेजनगरमा नयाँ सडक स्तरोन्नतिको शनिबार शिलान्यास गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच वडाध्यक्ष दिपक बर्माले उक्त सडक स्नरोन्नतिको शिलान्यास गरेका हुन् ।
  • बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ ।
  • भेरी साहित्य समाज केन्द्रीय अध्यक्षमा इन्द्रबहादुर बस्नेत निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार नेपालगन्जमा भएको सातौँ केन्द्रीय अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
  • झलकजी विकल्पलाई भेरी साहित्य समाजले यस वर्षको स्रस्टा सम्मान प्रदान गरेको छ । शनिबार केन्द्रिय अधिवेशनमा विकल्पलाई वरिष्ठ कथाकार सनत रेग्मी र समाजका अध्यक्ष हरि तिमिल्सिनाले उक्त सम्मान प्रदान गरेका हुन् ।
  • १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० शनिबारदेखि नेपालगन्जमा सुरु भएको छ ।
  • राप्तीसोनारी गाउँपालिका-९ ढकेरी स्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थीलाई सानै उमेरदेखि आयुर्वेद औषधि र योग शिक्षाका बारेमा जानकारी गराइएको छ ।
  • बर्दिया मधुवन नगरपालिका-५ का अन्दाजी २९ वर्षीय रशेम चौधरीलाई भारतीय सुरक्षाकर्मी एसएसबीले लागूऔषधसहित पक्राउ गरेको छ ।
  •  

    Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

    Exit mobile version