खजुराका युवक बर्दियामा पक्राउ

बाँके खजुरा गाउँपालिका-२ का ३६ वर्षीय एक युवक बर्दियामा पक्राउ परेका छन् । बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा उनी पक्राउ परेका हुन् ।

अछाम घर भएकी ति युवती बर्दियामा दिदीको घरमा बस्दै आएकी थिइन् । युवकले किशोरीलाई मदिरा सेवन गराइ बलात्कार गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छिन् । मापसे सेवन गराउने स्थानीय एक छिमेकी महिला पनि पक्राउ परेकी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डीएसपी तिलकराम अर्यालले बताए । उनका अनुसार आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद गर्न एक हजार रुपैयाँ दिएका थिए ।

महिलाले पीडित ती किशोरीलाई औषधि खरिद गर्न मतियारको काम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version