पुर्पक्षका लागि थुनामा रहेका एकजना मृत फेला

सप्तरी जिल्ला कारागारमा पुर्पक्षका लागि रहेका एकजना आज बिहान झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका हनुमाननगर कंकालिनी नगरपालिका-६ का १९ वर्षीय देवेन्द्र मण्डल मृत फेला परेका हुन् ।
कारागारको शौचालयमा गम्छाको पासो लगाइ झुन्डिएको अवस्थामा मण्डल फेला परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी मुद्दामा उनी २०८० भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।

Exit mobile version