जिभिएन स्कुललाई अनुशासनको कारवाही

जिभिएन स्कुललाई बाँके जिल्ला फुटबल संघले अनुशासनहीन भएको भन्दै कारवाही गरेको छ ।
मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको दौरान अनुशासन उल्लघंन गरेको भन्दै जिभिएन स्कुललाई दुई
वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय संघले गरेको हो । खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा संघले कारबाही गरेको हो ।
संघको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरितको क्रियाकलाप गरेको भन्दै १० हजार जरिवाना समेत गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

Exit mobile version