बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी 

बाँकेकोकोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेटप्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुरमेयर–११ विजयी भएका छन् ।  

आइतवारको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनलेपराजित गर्यो । लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुरमेयर–११ संग पराजित भएको थियो । कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीलेदिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गरेता पनि ७विकेट गुमाएर १०८ रन मात्र बनायो । 

एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनिलुम्बिनीको जितको लागि पर्याप्त भएन। पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन् । कप्तानआश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए । बागमतीको बलिंगमाबिपिशा शाहीले २ विकेट लिंदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १/१ विकेटलिए ।  टस जितेर ब्याटिंग गरेको बागमतीलेनिर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा ११६ रन बनायो। बागमतीको लागि कप्तान सोनीपाख्रिनले सर्वाधिक ४४ रन बनाईन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे। ऐलियादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाईन् । अतिरिक्तको रुपमालुम्बिनीले २७ रन दियो । 

लुम्बिनीको बलिंगमा सुष्मिता भुसाल, आशमा पुलामी मगर रएन्जीला पाठकले १/१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकिसोनी पाख्रिन घोषित भईन् ।  आइतवार नैभएको दोश्रो खेलमा कोहलपुर मेयर–११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो।लगातार दोश्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाईपराजित गरेको थियो ।  कोहलपुर मेयर–११ लेदिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेटगुमाएर ६५ रन मात्र बनायो । गण्डकीको ब्याटिंगमा सलिना सेनले १९ तथा सिमाना केसीले ११रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् ।

कोहलपुर मेयर–११ को बलिंगमा दायाँ हाते फास्टबलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिईन् । ४ ओभर बलिंग गर्दै रोयले २५ रन खर्चिन्। भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १/१ विकेट लिए । टसजितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर९९ रन बनायो ।  मेयर–११ को लागि सिमाकुँवरले सर्वाधिक ३० रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहारगरिन्।  लिशा यादवले २२ तथा साना प्रभिनले१० रन बनाईन् । 

गण्डकीको बलिंगमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हातपारिन् । निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन् । कुसुमगोदार र आकृति तिवारीले १÷१ विकेट हात पारिन् । खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर–११ कि हैमवती रोय घोषित भईन्। 

प्रतियोगिताअन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा विहान ९ः३० बजे बागमती रसुदूरपश्चिम तथा दोश्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धागर्नेछन् ।

Exit mobile version