ज्ञानोदयले मनायो बार्षिकोत्सव

खजुरा स्थित ज्ञानोदय नमुना माध्यमिक विद्यालयले सोमबार ४६औं स्थापना दिवस मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रमको आतिथ्यता गर्दै बाँके ३ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोसिंह राठौरले संसद विकास कोषको सबै रकम आफुले शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको भएपनि सर्वोच्चको आदेशले कार्यान्वयन हुन नसकेको बताए ।


कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले पालिकामा रहेका बिद्यालयहरुको शिक्षक मिलानमा गाउँपालिका गम्भीर भएर लागेको बताए । उनले बिद्यार्थी संख्याका आधारमा शिक्षक मिलान गरिने बताउँदै कम बिद्यार्थी भएका बिद्यालयबाट बढी बिद्यार्थी भएका बिद्यालयमा शिक्षक दरबन्दी मिलान गरिने बताए । उनले ठुला भौतिक निर्माणका कामहरु संघ र प्रदेशबाट गरिदिन माग गर्दै साना र पालिकाको बजेटले भ्याउने काममा पालिकाले परिणाम मुखी काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य रत्न खत्रीले ज्ञानोदय आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेपनि आफ्ना लागि योजना माग भइआए आफ्नो ज्ञानोदयका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


बार्षिकोत्सवको अवसरमा विद्यालयमा निर्मित दुई वटा ब्लकहरुको उद्घाटन गरेका थिए । समारोहकाबीच बिद्यालयमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बादशाह कुर्मी, पालिका उपाध्यक्ष मन्जु मल्ल, बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए भने बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।


पुनर्वास कम्पनीले खजुरा क्षेत्रमा सुकुम्बासीहरुलाई जग्गा बितरण गरेसँगै २०३४ सालमा माटोको गारो र खरको छानाबाट प्रारम्भ भएको बिद्यालयमा हाल स्नातक सम्मको अध्यापन भइरहेको छ भने बिद्यालयमा २ हजार ३ सय बढी बिद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् ।

Exit mobile version