जनयुद्ध दिवसमा आज खजुरामा बिदा

खजुराले आज जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ फागुन १ गतेदेखि सुरु गरेको जनयुद्धको स्मरण गर्दै खजुराले आज एक दिन सार्वजनिक बिदा दिएको हो ।

स्वास्थ्य सेवाबाहेक गाउँपालिका, वडा कार्यालय, सरकारी संघ संस्था र विद्यालयहरु बन्द हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Exit mobile version