बाँकेमा खजुराबाहेक अन्यत्र छैन बिदा

खजुरा गाउँपालिकाबाहेक बाँकेका अन्य पालिकामा आज सार्वजनिक बिदा दिइएको छैन । सरकारले आज जनयुद्ध दिवसका दिन दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले बदर गरेपछि बिदा कायम नरहेको हो ।

सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा कायम नरहेको जनाएको थियो । बाँकेमा माओवादीबाट निर्वाचित पालिकामा मात्र आज सार्वजनिक बिदा छ । खजुराबाहेक अन्य पालिकामा माओवादीले स्थानीय तहको चुनाव जितेका थिएनन् ।

अन्य सरकारी कार्यालयहरु पनि आज खुला रहने छन् ।

Exit mobile version