पाल्पामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, १४ घाइते [अपडेट] 

पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । १४ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

Exit mobile version