कोहलपुर हुँदै मधुवन गएको बस बासगढीमा दुर्घटना, तीनजना घाइते

कोहलपुर हुँदै बर्दिया मधुवनतर्फ जाँदै गरेको भे१ख २२४४ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । उक्त बस बर्दिया बासगढी नगरपालिका-८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा दुर्घटनामा भएको हो ।

घाइते हुनेमा मधुवन-१ की १७ वर्षीया प्रेमिका जिसी,सोही ठाउँकी १८ वर्षीय सरोज खड्का र १७ को मनिष बिक घाइते भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

Exit mobile version