निम्न माध्यमिक तहको शिक्षकका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो । 
बुधबारदेखि नै अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

Exit mobile version