नेपालगन्ज नाकाबाट जडीबुटी निकासीमा ३६ प्रतिशतले बृद्धि

नेपालगन्जस्थित जमुनाहबाट जडीबुटी निकासी वृद्धि हुँदै गएको छ । पछिल्लो ६ महिनामा जडीबुटी निकासी ३६ प्रतिशतले वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली जडीबुटी प्रशस्त भएका जिल्ला हुन् । यस्तै लुम्बिनीका हिमाली जिल्लालाई पनि जडीबुटीको उर्बर भूमि मानिन्छ । नेपालगन्ज भन्सार कार्यालय कार्यालय प्रमुख ध्रुव विश्वकर्मा का सूचना अधिकारी पूर्णप्रसाद लम्सालले दिएको जानकारी अनुसार गत आव २०७९/८० को छ महिना महिनामा यो नाकाबाट २५ करोड ५२ लाख ९७ हजार रुपैयाँको जडीबुटी निकासी भएकोमा २०८०/८१ को साउनदेखि पुस महिनासम्म ६ महिनाको अवधिमा ३४ करोड ८९ लाख ३६ हजार रुपैयाँको जडीबुटी निकासी भएको छ ।

Exit mobile version