नेपालगन्ज-जनकपुर हवाई भाडा निर्धारण (कति छ भाडा)

शनिबारदेखि नेपालगन्ज-जनकपुरसम्म हुने चार्टर उडानका लागि भाडा निर्धारण गरिएको छ । नेपालगन्ज-जनकपुर एकतर्फि भाडा आठ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको पर्यटन व्यवसायी श्रीराम सिग्देलले जानकारी दिए ।

नेपालगन्जबाट जानकी मन्दिर दर्शनका लागि नाट्टा बाँकेले नाटा मदेस प्रदेशको सहकार्य गरेर चार्टर उडान गर्दैछ । यही फागुन ५ गते शनिबार र ७ गते सोमबार नेपालगन्ज-जनकपुर-नेपालगन्ज यति एअरलाइन्सको एटीआर-७२ विमानबाट दुईवटा प्रवर्द्धनात्मक उडान गरिने उनको भनाइ छ ।

मधेसका दुई ऐतिहासिक सहर नेपालगन्ज र जनकपुरको सिधा सम्पर्कका लागि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । नेपालगन्ज-जनकपुरको एकतर्फि उडान अवधि १ घन्टा ३० मिनेटको हुने छ ।

Exit mobile version