पुस्तक दिवस मनाइयो

बुधबार सरस्वती पुजासँगै ११ औं राष्ट्रिय पुस्तक दिवस मनाइएको छ ।

पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जिल्लाका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ ।

दिवसको अवसरमा बाल मन्दिर प्रा.वि. रामलिला मैदान, युद्ध संस्कृत विद्यालय नेपालगन्ज, नेराप्रावि घरबारीटोल, गौसिया मावि नेपालगन्ज, नेराप्रावि बनियागाउँ, जानकी गाउँपालिकालाई स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

जानकी गाउँपालिकामा महासंघ बाँके अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको शैक्षिक तथा खेलकुद वितरण कार्यक्रममा प्रमुख अतिथि पालिका वडाध्यक्ष टिकानाथ यादव रहेका थिए ।

कार्यक्रममा महासंघका लुम्बिनी प्रदेश प्रथम उपाध्यक्ष शालिकराम सुवेदी, महासंघ बाँकेका पूर्व अध्यक्ष हेमराज पौडेल, पूर्व क्षेत्रीय उपाध्यक्ष रामप्रसाद गौतम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार बर्मा लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version