बजेट अभाव हुन्न : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाँकेका विभिन्न ठाउँमा भैरहेको पूर्वाधार निर्माणको अवलोकन गरेका छन् ।

शुक्रबार नेपालगन्ज आएका मन्त्री ज्वाला सडकमै पुगेर निर्माणाधिन सडकको अवलोकन गरेका हुन् ।

मन्त्री ज्वालासँग निर्माणाधिन नेपालगन्ज–गुलरिया सडक खण्डको निर्माण सम्बन्धमा छलफल पनि गरिएको थियो । हुलाकी सडक अवलोकन गरेका मन्त्री ज्वालाले समय अवागै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।

मन्त्री ज्वालाले विकास निर्माण कार्यका लागि बजेट अभाव हुन नदिने बताए । उनले बजेटका कारण सडक निर्माण नरोकिने बताउँदै खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक र पुल बनाइने बताएका छन् ।

Exit mobile version