नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल नेदरल्यान्डसँग खेल्दैछ । अहिले भर्खरै त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न टसमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

नेपाल र नेदरल्यान्डबिच यो चौथो भेट हो । यसअघि सम्पन्न तीनवटा खेलमा नेपालले एकमा जित र दुईमा हार ब्यहोरेको छ । दुईदेश बिच पहिलो भेट सन् २०१८ को अगस्टमा भएको थियो । त्यतिबेला अगस्ट १ मा भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय भेटमा नेपाल ५५ रनले पराजित भएको थियो । त्यसको तीनदिनपछि अगस्ट ३ मा भने नेपालले नेदरल्यान्डमाथि रोमाञ्चक रुपमा एक रनले जित निकालेको थियो ।a

त्यसपछिको भेट सन् २०२३ को जुलाईमा सम्पन्न विश्वकप छनोट खेल अन्तर्गत जिम्बाबेमा भएको थियो । जसमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

Exit mobile version