लुम्बिनी प्रदेश सरकार द्वारा खाता क्षेत्रका पिडितलाई विमा कार्यक्रम

दीपकलाल श्रेष्ठ 

डिभिजन वन कार्यालय बर्दिया द्वारा आयोजित समन्वय बैठक कार्यक्रममा लुम्बिनी प्रदेश सरकार द्वारा खाता क्षेत्रमा रहेको मधुवन नगरपालिका बडा नं १ र ३ मा विमा कार्यक्रम संचालन गर्ने भएको जानकारी दिएको छ। फागुन ५ गते मधुवन नगरपालिकाको खाता समन्वय समित को भवनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको पिडित संग जनता कार्यक्रम अन्तर्गत यो विमा योजनाको सुरुवात गर्न लागिएको लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक माननीय जन्मजय तिमल्सिना बताए। विमाबाट वन्यजन्तुबाट पीडितले पाउने क्षतिपूर्ति पाउने रकमले राहत हुने तिमल्सिनाले भने । 

वन्यजन्तुबाट पिडितलाई खाता कोरिडोर क्षेत्रका परिवारजनलाई करिब २० लाख बराबरको विमा गर्ने गरि तैयारी रहेको डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख वन अधिकृत टंक गुरुङले बताए। 

मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले भने पिडितको विमा गर्नु राम्रो पक्ष रहेको साथै विमा एउटा राहत मात्र रहने को ले स्थाई रुप मै मानव वन्यजन्तु द्वन्द नहुने गरिको योजना तिर ध्यान केन्द्रित हुनु पर्ने उनले भने ।

हाल पनि विभिन्न संघ संस्थाबाटको सहयोगमा करिब पनि ४ हजार ६ सय ८२ घर लघु विमा गरिएको र मानव वन्यजन्तु सहअस्तित्वका लागि विमा गरे पछि वन्यजन्तुबाट क्षति भए पछि पिडित परिवार विमामा जाने गरेकोले वन्यजन्तुबाट पिडितहरु हामी संग भन्दा विमामा स्थानीयमा राम्रो प्रभाव पारेको खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ्गले बताए।

कार्यक्रममा मधुवन नगरपालिका बडा नं १, २, ३ र ४ का अध्यक्षहरुका साथ डिभिजन वन कार्यालय बर्दियाका वन अधिकृत द्रोणराज शर्मा, बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्री विनोद दाहाल साथ लुम्बिनी प्रदेश वन मन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो। 

Exit mobile version