शिक्षा क्षेत्रमा ठाकुरबाबा नगरपालिका उदाहरणीय

शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्तीका अवसरमा देशभरका स्थानीय पालिकाहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै सम्मान गरेकाे छ । 

झन्डै २५ वर्ष अघि स्थापना भएको शिक्षा पत्रकार समूहले रजत जयन्ती विशेष कार्यक्रम मनाउँदै गर्दा २०७९ सालदेखि नगरपालिकाले सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च प्राथमिकता राखि ठाकुरबाबा नगरपालिकाकालाई सम्मान गरेकाे हाे ।

रजत जयन्तीका अवसरमा हिँजाे सनिवार काठमाडौंमा आयाेजित कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले २०७९ सालबाट सुरु गरेको निशुल्क शिक्षा कार्यान्वयन, तहगत शिक्षक दरबन्दी मिलान, शिक्षक बैँक स्थापना लगायत शिक्षा क्षेत्रमा धेरै ठुलो लगानी गरेकाले देशभरमै उत्कृष्ट पालिका सम्मान २०८० बाट सम्मानित गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो ।

देशभरका स्थानीय पालिकाहरु मध्ये बर्दियाको ठाकुरबाबा नगरपालिकाले २०७९ सालदेखि सुरु गरेको निःशुल्क शिक्षा अभ्यासलाई उच्च सम्मान गर्दै शिक्षा पत्रकार समूहले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो ।

नगर प्रमुख तिलकराम लम्साल, उप प्रमुख विना कुमारी भट्टराई र प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालसहितकाे टाेलीलाई शिक्षा पत्रकार समुहका अध्यक्ष कृष्ण मल्ल, सम्मान तथा पुरस्कार छनाैट समितिका संयाेजक प्राध्यापक डाक्टर विद्यानाथ काेइराला र शिक्षामन्त्री अशोककुमार राईले सम्मान पत्र प्रदान गर्नुभएको नगर प्रमुख लम्सालले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा आफ्नो पालिाकामा गरेकाे कार्यकाे मुल्यांकन गरि पालिका परिवारलाई प्रसंसासहित सम्मानित गरेकाेमा आभार व्यक्त गर्दै शैक्षिक गुणस्तर उकास्दै शिक्षा क्षेत्रमा अझैँ थप काम गर्ने हाैसलासंगै जिम्मेवारी थपिएको महशुस भएको उहाँले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रयासमा मुल्यांकन गरी सम्मान प्रदान गरेकाेमा शिक्षा पत्रकार समूहलाई आभारसहित कृतज्ञता ज्ञापन गर्दै नगरपालिकाले लिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, तथा सम्पुर्ण सरोकारवालाहरुलाई नगर प्रमुख तिलकराम लम्साल र उप प्रमुख विना कुमारी भट्टराईले आभारसहित धन्यवाद दिनु भएकाे छ ।

शिक्षा पत्रकार समुहको रजत जयन्ती एवं सम्मान कार्यक्रममा शिक्षा मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मूलतः स्थानीय तहलाई नै दिइएकाले आफ्नो पालिकामा शैक्षिक गुणस्तर माथि उठाउँदै सबैले सर्वसुलभ शिक्षा पाउनका लागि पालिका आफै अग्रसर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

Exit mobile version