सशस्त्र प्रहरीका डिएसपी पक्राउ

सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ ।

उनले एवान रेष्टुरेन्टमा महिलाको अनुमतिविना भिडियो खिचेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version