आयल निगमको कार्यकारी निर्देशकमा भट्ट नियुक्त

सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा डा.चण्डिका प्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले तीन वर्षे कार्यकालका लागि भट्टलाई छनोट गरेको हो ।
आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदावधि बाँकी छँदै पदबाट राजीनामा दिए पछि रिक्त रहेको पदमा पदपूर्तिका लागि आह्वान गरिएको थियो । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै भट्ट छनोटमा परेका हुन् ।

Exit mobile version